➤ 1. प्रदेशस्तरको आमसञ्चार संस्थाहरूको छापासञ्चार, अनलाइन सञ्चारमाध्यम, रेडियो, सामुदायिक रेडियो, टेलिभिजन, केबुल टेलिभिजन सञ्चालन तथा अनुमतिपत्र प्रदान गर्ने, नवीकरण गर्ने र नियमन गर्ने।
➤ 2. एक सय भन्दा माथि एक हजार वाटसम्मको एफ.एम. रेडियो सञ्चालनको इजाजत दिने, नवीकरण गर्ने र नियमन गर्ने।
➤ 3. आमसञ्चार प्रविधिको प्रयोग र प्रवर्द्धनका लागि आवश्यक कार्य गर्ने।
➤ 4. आमसञ्चार माध्यमका विषयमा नागरिकबाट प्राप्त गुनासोको सुनुवाइ गर्ने।
➤ 5. श्रमजीवी पत्रकार र आमसञ्चार माध्यम व्यवस्थापनबीच सेवा शर्त तथा सुविधा सम्बन्धी विवाद वार्ता वा मेलमिलापबाट समाधान गर्न पहल गर्ने।
➤ 6. आमसञ्चार माध्यमको वर्गीकरण सम्बन्धमा प्रदेश सरकारसमक्ष सिफारिस गर्ने।
➤ 7. आमसञ्चार माध्यमलाई उपलब्ध गराइने सुविधासम्बन्धी विषयमा प्रदेश सरकारसमक्ष सिफारिस गर्ने।
➤ 8. ऐनको दफा ३३ को उपदफा (१) बमोजिम श्रमजीवी पत्रकारलाई पारिश्रमिक तथा सेवा सुविधा उपलब्ध भए/नभएको अनुगमन गरी सम्बन्धित कानूनको कार्यान्वयन गर्ने, गराउने।
➤ 9. विज्ञापन प्रयोजनका लागि कुनै सञ्चार माध्यमको विवरण माग भएमा विवरण उपलब्ध गराउने।
➤ 10. सूचना प्रविधि, सञ्चार, प्रकाशन तथा प्रसारण क्षेत्रमा स्वदेशी तथा विदेशी छात्रवृत्ति, सीप विकास, तालिम तथा भ्रमण कार्यक्रमको समन्वय गर्ने।
➤ 11. एकद्वार विज्ञापन नीति सम्बन्धमा प्रदेश सरकारलाई आवश्यक सुझाव दिने।
➤ 12. प्रदेश सरकारको तर्फबाट उपलब्ध गराइने लोककल्याणकारी विज्ञापन वितरण गर्ने।
➤ 13. प्रेस प्रतिनिधि वा अस्थायी प्रेस प्रतिनिधि प्रमाणपत्र सम्बन्धी कार्य गर्ने।