प्रेस रजिष्ट्रारको कार्यालयले देहाय बमोजिमका उद्देश्यहरू परिपूर्ति गर्नका लागि आफ्ना गतिविधिहरू केन्द्रित गरेको छ:
➤ सञ्चार माध्यमको व्यवस्थापन र नियमन: गण्डकी प्रदेश आम सञ्चार ऐन, २०८० र नियमावली, २०८२ को अधीनमा रही प्रदेशस्तरका सञ्चार माध्यमहरूको दर्ता, नवीकरण, अभिलेखीकरण र नियमन कार्यलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउनु।
➤ प्रेस स्वतन्त्रताको प्रवर्द्धन: नेपालको संविधानप्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा सञ्चारको हकको पूर्ण कार्यान्वयन गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित पत्रकारिताको वातावरण सिर्जना गर्नु।
➤ क्षमता अभिवृद्धि र व्यवसायीकरण: आम सञ्चार क्षेत्रमा क्रियाशील पत्रकार, सञ्चारकर्मी, प्राविधिक तथा व्यवस्थापकहरूको सीप, दक्षता र क्षमता विकास गर्दै सञ्चार क्षेत्रलाई प्रतिस्पर्धी, मर्यादित र व्यावसायिक बनाउनु।
➤ मौलिकताको संरक्षण: प्रदेशभित्रका विविध भाषा, धर्म, संस्कृति, पर्यटन र रैथाने ज्ञानको प्रचारप्रसार तथा प्रवर्द्धन गर्न सञ्चार माध्यमहरूलाई प्रोत्साहित गर्नु।
➤ सुशासन र जवाफदेहिता: आम सञ्चार माध्यमहरूलाई आचारसंहिता पालना गराउँदै समाज र राष्ट्रप्रति जिम्मेवार र जवाफदेही बनाउनु तथा कार्यालयको सेवा प्रवाहमा सुशासन कायम गर्नु।
➤ सूचनाको पहुँच विस्तार: प्रदेश सरकारका नीति, कार्यक्रम, उपलब्धि र जनसरोकारका विषयहरूलाई आम नागरिकसम्म प्रभावकारी रूपमा सम्प्रेषण गरी सरकार र जनताबीचको सम्बन्धलाई सुदृढ बनाउनु।