प्रेस रजिष्टार कार्यालय, गण्डकी प्रदेश,पोखराको औपचारिक कार्यालय उद्घाटन सम्पन्न भएको छ । प्रेस रजिष्टार बिमला भण्डारीज्यूको अध्यक्षता तथा माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका माननीय मन्त्रीज्यूहरु, प्रदेश सचिवज्यूहरु, जिल्ला समन्वय समिति कास्कीका प्रमुख, नेपाल पत्रकार महासंघ गण्डकी र कास्कीका पदाधिकारी, प्रेस स्वतन्त्रता सेनानी, सरोकारवाला निकायका प्रतिनिधि र वरिष्ठ पत्रकार लगायत संचारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस कार्यालयको स्थापना सञ्चार क्षेत्रमा पारदर्शिता, नियमन र पेशागत पत्रकारिता प्रवर्धन दिशामा महत्वपूर्ण कदम हो । गण्डकी प्रदेशको आमसञ्चार क्षेत्रसँग सहकार्य गर्दै यस कार्यालयले उत्तरदायी र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास दिलाउँछौं । कार्यक्रममा उपस्थित भई साथ दिनुहुने सम्पूर्ण महानुभावहरुमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ ।